+
+

यातायात व्यवसायीको बैंक खाता फुकुवा गर्न राष्ट्र बैंकको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २३ गते १८:२४

२३ भदौ, काठमाडौं । रोक्का रहेका यातायात समिति तथा व्यवसायीहरुको बैंक खाता फुकुवा गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

यातायात क्षेत्रमा भएको सिण्डिकेट हटाउन भन्दै सरकारले यातायात समिति तथा समितिमा आवद्ध व्यवसायीहरुको बैंक खाता रोक्का गरेको थियो ।

यातायात समितिहरु खारेज भएर कम्पनीमा दर्ता भएपछि राष्ट्र बैंकले रोकिएका खाता फुकुवा गर्न भनेको हो । अर्थमन्त्रालयले २०७५ वैशाख २३ गते २४३ वटा यातायात समितिहरुको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।

अर्थको पत्रकारपछि प्रदेश नम्बर १ का ३२, प्रदेश २ का १०, प्रदेश ३ का ११८, प्रदेश ४ का २४, प्रदेश ५ का ४०, प्रदेश ६ का १२ र प्रदेश ७ का ९ गरी २४३ वटै समितिका बैंक खाता राष्ट्र बैंकले बन्द गर्न निर्देशन दिएको थियो ।

राष्ट्र बैंकको निर्देशन पछि बन्द भएका सबै खाता खुलाउन साउन १६ गते मन्त्रिपरिषद्ले नै निर्णय गरेको राष्ट्र बैंकले जानकारी दिएको छ । यसबारे अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले गत १२ गते पत्रचार गरेपछि बैंक खाता फुकुवा गर्न पत्रकार गरिएको राष्ट्र बैंकले बताएको छ ।

रोक्का भएका समितिहरुको बैंक खातामा भएको रकम कम्पनीको खातामा परिवर्तन गर्ने गरी राष्ट्र बैंकले फुकुवा गरेको हो ।

हेर्नुस् राष्ट्र बै‌ंकको परिपत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?