
युएई । युएईमा श्रमरत उर्मिला माया मोक्तान र सुमन मगरले युएई एक्सचेञ्जबाट नेपालमा पैसा पठाउँदा जनही एक/एक लाख रुपैयाँ पुरस्कार पाएका छन् ।
एमएबी फेसिलिटी म्यानेजमेन्ट कम्पनीमा कार्यरत मकवानपुर फापरबारीकी उर्मिलाले यो पुरस्कार युएई एक्सचेञ्जबाट नेपालमा रहेका आफन्तलाई हिमाल रेमिटमा पैसा पठाउँदा पहिलो हप्ताको पुरस्कार पाएकी हुन् ।
यसैगरी युएई एक्सचेञ्जबाट पैसा पठाउदा दोश्रो हप्ताको १ लाख रुपैयाँको विजेता अजमानमा कार्यरत सुमन मगर बनेका छन् ।
१५ महिनाअघि युएई आएका मगर अजमानको नेस्टो हाइपरमार्केटमा काम गर्छन् ।
यस योजना अन्तर्गत उर्मिला माया मोक्तान र सनम मगरलाई युएई एक्सचेञ्जले हिमाल रेमिटका प्रतिनिधिको उपस्थितिमा एक/एक लाख रुपैयाँ हस्तान्तरण समेत गरेको छ ।
पहिलो र दोस्रो हप्ताका दुवैजना विजेतालाई उनीहरूकै कार्यस्थलमा गएर एक कार्यक्रम गरी पुरस्कार प्रदान गरेको थियो ।
हिमाल रेमिटले यूएई एक्स्चेंजसँग सहकार्य गर्दै ‘दशै आयो रेमिट गरौँ, हिमालबाट १० लाख जितौँ’ पुरस्कार योजना चलाई रहेको छ । यो योजना गत २५ अगस्टबाट सुरु भएर आगामी अक्टोबर ५ सम्म रहने युएई एक्सचेञ्जले बताएको छ ।
प्रतिक्रिया 4