+
+

बुढानीलकण्ठ मन्दिरका लागि मठाधीश भवनको निर्माण हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २१ गते १९:१९

२१ कात्तिक, काठमाडौं । नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा अवस्थित बुढानीलकण्ठ नारायण मन्दिरको नवनिर्मित मठाधीश भवनको उद्घाटन गरे।

सो उद्घाटन समारोहमा बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, जिल्ला समन्वय समितिका अध्यक्ष शिवसुन्दर राज वैद्य लगायत राजनीतिक तथा सामुदायिक नेतृत्वकर्ताहरुको सहभागीता थियोे ।

यो मन्दिर काठमाडौं जिल्लाको उत्तरतर्फ शिवपुरी डाँडाको काखमा अवस्थित छ । धार्मिकस्थलको पोखरीको मध्य भागमा नागहरुको शैय्यामा पल्टिरहेको भगवान विष्णुको मूर्ति सम्भवतः नेपालको सबैभन्दा ठूलोे प्रस्तर मूर्ति हो ।

संसारभरी रहेका हिन्दू धर्मावलम्बीहरुका लागि बुढानीलकण्ठ मन्दिरले ठूलो धार्मिक तथा सांस्कृतिक महत्व राख्दछ । यस मन्दिरको दर्शन गर्न भारत तथा विश्वको अन्य स्थानहरुबाट दैनिक रुपमा हजारौको संख्यामा तीर्थयात्रीहरु आउँछन् ।

मन्दिर परिसरमा निर्मित मठाधीश भवन भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्बन्धको प्रतीकको रुपमा रहनेछ ।

भारत सरकारको नेपाली रु २.१८ करोड अनुदान सहयोगमा निर्माण भएको नवनिर्मित यस तीन तल्ले भवनले मठाधीश तथा युवा भिक्षुहरुलाई आश्रय दिनेछ । जिल्ला समन्वय समिति काठमाडौंले यस परियोजनालाई कार्यान्वयन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?