+
+

दोलखामा बस दुर्घटना, एक जना गम्भीर घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ४ गते १३:२१

४ मंसिर, काठमाडौं । दोलखाको गैरीमुदीबाट काठमाडौंका लागि छुटेको बस चरंगे भन्ने स्थानमा दुर्घटनामा परेको छ । घटनामा बैत्यश्वर–२ की कुमारी तामाङ गम्भीर घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय, दोलखाका अनुसार बा ३ ख २९९७ नम्बरको बस मंगलबार दिउँसो उकालोमा पछाडि सर्दा भित्तामा ठोक्किएको थियो । त्यसक्रममा तामाङ च्यापिएकी थिइन् ।

बसमा ६ जना सवार थिए । तामाङको उद्दार गर्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?