+
+

काजोललाई फ्यानको प्रश्न–‘अजयलाई नभेटेको भए साहरुखसँग बिहे गर्नुहुन्थ्यो ?’

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ११ गते १४:४९

बलिउड कलाकारहरु कहिलेकाही सामाजिक संजालबाटै फ्यानका प्रश्नको जवाफ दिन्छन् । हालै मात्र नायिका काजोलले फ्यानलाई कुनै पनि प्रश्न सोध्न आग्रह गरिन् । इन्स्टाग्राममा उनले फ्यानलाई यस्तो आग्रह गरेपछि उनलाई सयौ फ्यानले प्रश्न सोझाए ।

एक फ्यानले सोधे–‘के तपाइको जिन्दगीमा अजय देवगणसँग भेट नभएको भए साहरुख खानसँग बिहे गर्नुहुन्थ्यो ?’ यसमा काजोलको जवाफ थियो–‘साहरुख प्रपोज गर्ने खालको मानिस नै होइनन् ।’

अर्का एक फ्यानले काजोललाई अजय देवगण र साहरुख खानमध्ये को राम्रो कलाकार हुन् भनेर सोधे । जसमा काजोलले ‘स्थितीमा भर पर्ने’ भनेर जवाफ दिएकी छिन् । साहरुखसँगको आफ्नो सम्बन्धको बिषयमा काजोलले ‘जीन्दगी भरीको मित्रता’ भनेर लेखेकी छिन् ।

साहरुख र काजोलले ‘बाजीगर, दिलवाले दुल्हनिया ले जायंगे, करन अर्जुन, कुछ कुछ होता है, कभी खुशी कभी गम, माई नेम इज खान, दिलवाले’ लगायतका चलचित्रमा काम गरेकी छिन् ।

काजोलले आफूले आफ्नो जिन्दगीको पहिलो क्रससँग नै बिहे गरेको पनि फ्यानको प्रश्नमा जवाफ दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?