
१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ट्रायथोलनमा नेपाललाई स्वर्ण जिताउने सोनी गुरुङलाई ट्रायथोलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले १ लाख रुपैयाँ व्यक्तिगत पुरस्कार दिने घोषणा गरेका छन् ।
सोमबार भएको खेलमा गुरुङले स्वर्ण जितेपछि श्रेष्ठले १ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । त्यस्तै गण्डकी प्रदेशसभा सदस्य दीपक कोइरालाले पनि सोनीलाई २५ हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।
सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी सोनीले नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4