Comments Add Comment

ट्रायथोलनकी सोनीले दिलाइन् नेपाललाई दोस्रो स्वर्ण

१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भएको ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ । यो नेपालको दोस्रो स्वर्णपदक हो ।

सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी हुन् ।

ट्रायथोलन महिलातर्फ भारतले रजत र कास्य पदक हात पारेको छ । भारतीय खेलाडी प्रग्न्या मोहनले रजत पदक हात पारिन् भने सरोजानी देवीले काहय पदक हात पारिन् ।

पोखरा लेकसाइडमा भएको ट्रयाथोल खेलमा नेपालकी सोनी गुरुङले निर्धारित दूरी १ घण्टा १३ मिनेट ४५ सेकेन्डमा पार गरेकी थिइन् । भारतकी सारोजिनी देवीले १ घण्टा १४ मिनेटसहित रजत पदक र भारतकै प्रग्न्या मोहनले १ घण्टा १४ मिनेट ५७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै कास्य पदक प्राप्त गरिन् ।

पुरुषतर्फको ट्रायथलनमा भारतका आदर्शले १ घण्टा २ मिनेट ३ सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण पदक जितेका हुन् । भारतकै विश्वजीत सकिमले १ घण्टा २ मिनेट ५ सेकेन्डसहित रजत पदक जिते ।

कास्य पदक जितेका नेपालका वसन्त थारुले १ घण्टा ३ मिनेट ६ सेकेन्डमा निर्धारित दूरी पार गरे ।

गौरीघाटबाट सुरु भएको ट्रायथोलनमा ७ सय ५० मिटर स्वीमिङ, २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौड भएर सकिएको थियो ।

ट्रायथोलन, द्वयथोलन र रिले गरी ३ दिनसम्म चल्ने प्रतियोगितामा ५ स्वर्ण, ५ रजत र ५ कास्यसहित १५ पदकका लागि प्रतिस्पर्धा हुँदैछ । नेपाल, भारत र श्रीलकाका २६ खेलाडीले ट्रयाथलनमा भाग लिएका छन् ।

पहिलो स्वर्ण नेपालले सोमबार नै  काठमाडौंमा भएको कराँते प्रतियोगिताको पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले पाकिस्तानी खेलाडी नियमातुलिहलाई पराजित गर्दै दिलाएका थिए ।

सोमबार नै भएको ट्रयाथोलन (पुरुष)मा भने भारतले स्वर्ण र रजत पदक जितेको छ । नेपालले कास्य पदकमा चित्त बुझाएको छ ।

खेलको समयबारे अफिसियल घोषणा हुन बाँकी छ । गौरी घाटबाट सुरु भएको ट्रायथोलनमा खेलाडीहरुले ७५० मिटर पौडी, २० किलोमिटर साइकल र ५ किलोमिटर दौड पूरा गरेका थिए ।

प्रतियोगिता महिला तथा पुरुष दुवै विधामा हुँदैछ । प्रतियोगितामा नेपाल, भारत र श्रीलका सहभागी छन् ।

तस्वीर : युनिश गुरूङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment