News Summary
Generated by OK AI. Editorially reviewed.- तिहार नजिकिएसँगै भक्तपुरको दरबार स्क्वायर क्षेत्रका कुमाले माटोको पाला बनाउन व्यस्त छन् ।
- उपत्यका बाहिर काभ्रे, सिन्धुपाल्चोक, पोखरा र धरानलगायत जिल्लाबाट पनि भक्तपुरमा पाला किन्न आउने गरेका छन् ।
- यो पटक एउटा पाला २ रुपैयाँसम्ममा बिक्री भइरहेको छ र माग बढेपछि भाउ बढ्ने उनीहरूको विश्वास छ ।
१५ कात्तिक, काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुरमा माटोको पाला बनाउन कुमाले समुदायलाई भ्याइ नभ्याइ छ ।
नेपालीहरूको मुख्य चाड दशैं सकिएसँगै अर्को ठूलो चाड तिहार नजिकिँदै छ । तिहार पर्वलाई लक्षित गरी भक्तपुरको दरबार स्क्वायर क्षेत्रका स्थानीयहरू माटाका पाला बनाउन व्यस्त छन् ।
उपत्यका तथा बाहिरका बासिन्दाका लागि भक्तपुरमा बनाइने माटोका पाला निकै परिचित छ ।

यसको मौलिक परिचयका कारण उपत्यका बाहिर काभ्रे, सिन्धुपाल्चोक, पोखरा, धरान लगायत विभिन्न अन्य जिल्लाबाट समेत भक्तपुरसम्म पाला किन्न आउने गरेका छन् ।
यो पटक एउटा पालाको २ रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । तर तिहारको समयमा माग बढ्ने हुनाले पालाको भाउ पनि बढ्ने विश्वास उनीहरूको छ ।

तिहारमा माटोकै दियोमा बत्ती बाल्ने परम्परा छ। यसका साथै छठ पर्वमा पनि सूर्यदेवलाई चढाइने दही माटोकै भाँडामा जमाइन्छ।
लक्ष्मीपूजा र छठ आराधनाका बेला माटोकै कलश स्थापना गरिन्छ। अन्य पूजा सामग्री पनि माटाका नयाँ भाँडामा राख्ने परम्परा छ।
यिनै परम्परागत मान्यताका कारण तिहार तथा छठ पर्वमा माटाका भाँडाको माग बढ्ने गरेको छ।

प्रतिक्रिया 4