+
+

नलकटुवा पेस्तोलसहित एक जना भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २४ गते १६:४६
फाइल फोटो ।

२४ मंसिर, काठमाडौं । सर्लाहीबाट प्रहरीले नलकटुवा पेस्तोलसहित एक जना भारतीय नगारिकलाई पक्राउ गरेको छ ।

सर्लाहीको बिष्णु गाउँपालिका-२ स्थित सडकबाट २१ वर्षीय भारतीय नागरिक संजय सिंह पक्राउ परेका हुन् ।

प्रहरी चौकी बाराउधोरणबाट खटिएको प्रहरीले बिआर ३० यु ९८९४ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनको साथबाट १ थान नलकटुवा पेस्तोल र ३ राउण्ड गोली बरामद गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?