+
+

सिन्धुपाल्चोक बस दुर्घटनाप्रति जनमोर्चाद्वारा शोक व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ३० गते १४:४९

३० मंसिर,  काठमाडौं । राष्ट्रिय जनमोर्चाले सिन्धुपाल्चोकमा आइतबार भएको बस दुर्घटनामा परी मृत्यु भएकाहरूप्रति गहिरो शोक व्यक्त गरेको छ ।

जनमोर्चाले सोमबार विज्ञप्ति जारी गरेर घटनामा परी दिवंगत भएका सम्पूर्ण व्यक्तिहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ती मार्फत यसप्रकारको दुर्घटना हुन नदिन सम्बन्धित क्षेत्रमा व्यापक सुधार र सुरक्षाको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गर्दै घाइतेहरुको उपचारको राम्रो व्यवस्था गर्न अनुरोध गरेका छन् ।

स्तरहीन सडक, पुराना र राम्रो अवस्था नभएका सवारी साधनहरुको प्रयोग, चालकको लापरबाही वा उनीहरुका कमजोरीका कारणले पनि बढी दुर्घटना हुने गरेको भन्दै जनमोर्चाले यातायातसँग सम्बन्धित निकाय वा प्रहरीले पनि दुर्घटना न्यूनिकरणमा खासै ध्यान नदिएको भन्दै यस्तो कार्यको भत्सर्ना समेत गरेको छ ।

आइतबार दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ स्थित ६ किलो भन्ने ठाउँमा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?