
२ पुस, काठमाडौं । साताको पहिलो दिन आइतबार नै घटेको सेयर कारोबार साताको चौथो दिन बुधबार पनि ओरोलो लागेको छ । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ३ दशमलव ३० अंकले घटेर १ हजार १ सय ५२ दशमलव ०७ बिन्दुमा झरेको हो ।
यस अघिको कारोबार मंगलबार नेप्सेमा सामान्य अंकको सुधार देखिएको थियो । सताको पहिलो दिन आइतबार करिब ५ अंकले घटेको बजार सोमबार भने १३.७५ अंकले घटेको थियो ।
नेप्से परिसूचक घटे कारोबार रकम अघिल्लो कारोबार तुलनामा थोरै बढेको छ । बुधबार दिनधर १६५ कम्पनीका ९ लाख ४७ हजार कित्ता बढी सेयर किनबेच भएका छन् ।
जसअनुसार कारोबार रकम २९ करोड २ लाख रुपैयाँ बढी भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
कारोबार रकमका आधारमा एनएमबि बैंक पहिलो नम्बरमा देखिएको छ । आज एनएमबिको मात्रै करिब ५ करोड रुपैयाँ हारहारीमा सेयर किनबेच भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4