
१० पुस, काठमाडौं । पर्वतारोहण र पर्यटन व्यवसायसँग सम्बन्धित संघसंस्थाहरुले गोकर्ण रिसोर्टको लिज अवधि थप गर्ने सम्बन्धी निर्णयलाई लिएर थामसेर्कु ट्रेकिङ तथा यती समूहको ब्यापारिक घरानामाथि आक्रमण गरिएको भन्दै आपत्ति जनाएका छन् ।
नेपाल पर्वतारोहण संघ, नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस नाटा, सगरमाथा आरोही संघलगायतले अलगअलग विज्ञप्तिमार्फत पर्यटन व्यवसायमाथि आक्रमण भएको बताएका छन् ।
उनीहरुले पर्यटन क्षेत्रकै अग्रणी र सबैभन्दा ठूलो करदाता समूहमाथि नियोजित हमला भएको आरोप लगाएका छन् ।
पर्वतारोहण संघका अध्यक्ष शान्तवीर लामाले जारी गरेको विज्ञप्तिमा नेपाल भ्रमण वर्ष असफल बनाउने योजना अनुरुप केही स्वार्थ समूहले पर्यटन व्यवसायीविरुद्ध अभियान चलाएको दाबी गरेका छन् ।
त्यस्तै सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पा र नाटाका अध्यक्ष सीएन पाण्डेले विज्ञप्ति जारी गरि पर्यटन उद्योगलाई असर हुने कार्य नगर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया 4