
२१ पुस, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अष्ट्रेलियामा भीषण आगलागीका कारण पुगेको नोक्सानीप्रति गहिरो दुःख प्रकट गरेका छन् । आगलागीले मानवीय, जीवजन्तु तथा वनस्पतिमा पुगेको क्षतिमा दुःख व्यक्त गर्दै अष्ट्रेलियाका विदेश मन्त्री मरिस पायनेलाई सोमबार समवेदना सन्देश पठाएका हुन् ।
आगजनीले निम्त्याएको संकटबाट पार पाउन अष्ट्रेलिया सरकारले निर्धक्क काम गर्छ भन्नेमा आफू विश्वस्त रहेको मन्त्री ज्ञवालीले उल्लेख गरेका छन् ।
पाँच दिनदेखिको आगलागीका कारण २५ भन्दा बढीको मृत्यु भइसकेको छ । १५ सय भन्दा बढी घर जलेका छन् भने ५० करोड जनावर जलेको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4