+
+

सिटिजन्समा सहयोगी विकास बैंक गाभिने

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २८ गते २०:१८

२८ पुस, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले सहयोगी विकास बैंक लिमिटेडलाई आफूमा गाभ्ने गरी अन्तिम सम्झौतामा हस्ताक्षर भएको छ । सोमबार आयोजित कार्यक्रमकामा सिटिजन्स बैंकको तर्फबाट प्रवलजंग पाण्डे र सहयोगीका तर्फबाट डिल्लीप्रकाश घिमिरेले प्राप्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।

दुवै बैंकले आ—आफ्नो विशेष/वार्षिक साधारण सभाबाट प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि एकीकृत कारोबार सुरु गर्नेछन् । दुवै बैंकले गत असार २२ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए ।

२०७६ पौष २७ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप ८३ अर्ब २४ करोड रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी ७३ अर्ब ९९ करोड रुपैयाँ पुग्नेछ ।

प्राप्ति पश्चात बैंकको कुल शाखा ९९ हुनेछन् । । सहमतिअनुसार, सहयोगी विकास बैंक लिमिटेडका शेयरधनीहरुले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९१.७५ कित्ता शेयर पाउनेछन् ।

हाल सिटिजन्स बैंकको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ हुनेछ । धनुषा, महोत्तरी र सिन्धुली जिल्ला कार्यक्षेत्र भएको यस सहयोगी विकास बैंकले १४ वटा शाखाहरूबाट बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । यी तीन जिल्लामा हाल सिटिजन्स बैंकका ९ वटा शाखाहरू सञ्चालनमा रहेकोमा यस बैंकको प्राप्तिसँगै २३ वटा शाखाहरू संचालनमा आउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?