+
+

पाचँपोखरी थाङपाल गाउँपालिकामा सोनाम ल्होछारमा ३ दिन विदा

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ९ गते १५:१८

९ माघ, काठमाडौं । सिन्धुपाल्चोकको पाचँपोखरी थाङपाल गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गाउँपालिकाले माघको १०, ११ र १२ गते विदा दिने निर्णय गरेको हो ।

तामाङ समुदायको महान चाड सोनाम ल्होछारमा ३ दिन सार्वजनिक विदा दिएकोे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरञ्जन पाख्रिनले बताए ।

‘यो गाउँपालिकामा तामाङ समुदायको बाहुल्यता रहेको छ । तामाङहरुको मुख्य चाड सोनाम ल्होछार हो, त्यसकारण ३ दिन सार्वजनिक विदा दिएका हौं’ पाख्रिनले भने ।

गाउँपालिकाको बुधबार बसेको बैठकले सम्पुर्ण वडा कार्यलय, विद्यालय, स्वास्थ्य चौकी, संघ संस्था र सार्वजानिक कार्यालयहरुमा विदा दिने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?