
जब हामी बच्चाको लालनपालनको कुरा गर्छौैं, शिक्षादीक्षा, स्वास्थ्य र खानपानलाई प्राथमिकता दिइन्छ । अर्थात राम्रो शिक्षादीक्षा दिनु, स्वस्थ्यको ख्याल गरिदिनु र खानपानको व्यवस्था गरिदिनु नै हाम्रो दायित्व हो भन्ने सम्झन्छौ । यो सही हो ।
बच्चा जन्माइसकेपछि उसलाई राम्रो शिक्षा दिनुपर्छ । उसलाई स्वस्थ्य एवं तन्दुरुस्त तुल्याउनुपर्छ । यद्यपी यतिले मात्र पुग्दैन । खासमा बच्चाका लागि अरु थुप्रै आधारभूत कुरा हुन्छन्, जो हामी बेवास्ता गरिरहेका हुन्छौ ।
बच्चाको लालनपालनका लागि शिक्षा दिक्षा, खानपान, स्वास्थ्य जत्तिकै महत्वपूर्ण कुरा हो, उनीहरुको बसोबास । वा, रहनसहन ।
जहाँ बच्चा रमाउन सक्छ
बच्चा दिनभर विद्यालयमा हुन्छन् । पढ्छन् । र्फकन्छन् । खेल्छन् । अक्सर बच्चाले जति धेरै समय विद्यालयमा व्यतित गर्छन्, त्यो भन्दा बढी घरमा । त्यसैले बच्चाका लागि घरको वातावरण पनि यस्तो हुनुपर्छ, जसबाट उनीहरुले केहि सिक्न सकोस् । अनुसरण गर्न सकोस् । घरलाई त्यसका लागि लायक बनाउनुपर्छ ।
घरको संरचना नै बालमैत्री हुनुपर्छ । यस्तो संरचना जहाँ, बच्चाले सहज अनुभव गर्न सकोस् । कुनै डर, खतरा महसुष नहोस् । उनीहरु खुसी एवं प्रशन्न रहन सकोस् । उन्मुक्त खेल्न सकोस् ।
– संभव भएसम्म बच्चाका लागि छुटै कोठाको व्यवस्था गरिदिनुपर्छ ।
– कोठामा धेरै सामाग्री राख्ने वा खेलौनाहरु राखिदिने नगरौ । सकेसम्म खुला होस्, जहाँ उपि|mन, खेल्न सकिन्छ ।
– कोठामा आवश्यक संरचना यस्तो हुनुपर्छ, जसमा चोटपटक लाग्ने भय हुँदैन ।
– पलङ, पढ्ने चियर, आदि बच्चाको रुची अनुसार राख्नुपर्छ । अर्थात बच्चाले मन पराउने डिजाइन र रंगलाई प्राथमिकता दिनुपर्छ ।
– अहिले बजारमा थरीथरीका डिजाइनका रेडीमेड पलङ पाइन्छ । बच्चालाई त्यस्ता पलङले लोभ्याउन सक्छ ।
– कार, बार्बी डल जस्ता डिजाइनको बेड राम्रो हुन्छ ।
– किङ साइज बेडको साटो सिंगल बेड छनौट गरौं ।
– कोठाको भित्ताको रंग पनि बच्चाका लागि रुचिकर हुनुपर्छ ।
– बच्चालाई मन पर्ने वा प्रेरणादायी पेन्टिङ सजाइदिनुपर्छ ।
– बालबालिकाले जनवार, प्रकृति, फलफूलको चित्र मन पराउँछन् । कार्टुन क्यारेक्टर हेरेर पनि उनीहरु आनन्दित हुनसक्छन् ।
– झ्याल, बार्दली, भर्याङ सुरक्षित हुनुपर्छ ।
– विद्युतिय सामग्री सुरक्षित हुनुपर्छ ।
प्रतिक्रिया 4