 
																			कठमाडौं । कठमाडौंको तिनकुनेस्थित गैरिगाउँमा रहेको आईएसएमटी कलेजले ‘आईएसएमटी जब फेयर’ आयोजना गरेको छ ।
२८ भदौमा कलेज प्राङ्गणमा आयोजित जब फेयरमा २ सय जना विद्यार्थी अन्तर्वार्तामा सहभागी भएका थिए ।
जब फेयरले विद्यार्थीलाई आफ्नो क्यारियर सुरु गर्न सघाउने, एउटै स्थानबाट विभिन्न कम्पनीबारे जानकारी लिन सकिने र रोजेको कम्पनीमा जागिर पाउन सक्षम बनाउने विश्वास कलेजको छ ।
जब फेयरमा लिपफ्रग टेक्नोलोजी नेपाल, होटल याक एन्ड यती, काठमाडौं मेरिएट होटल, नियो हस्पिटालिटी, सैजो सेवा, फोर सिमेन्ट्रोन्स, फ्युजमेसिन, जेनेस सोलुसन, युरानस कम्पनी, नेपाल होलिडे ग्रुप, एलिस रेस्टुरेन्ट, एन क्लाउड प्रालि, बज्र टेक्नोलोजिज प्रालि, डिस होम, आकाश टेक प्रालि, चौधरी ग्रुप, कम्युनिकेट टेक्नोलोजिज प्रालि, वर्ल्ड लिंक कम्युनिकेसन्स लिमिटेड लगायत १९ वटा टप कम्पनीहरूले आफ्नो स्टल राखेका थिए ।
विद्यार्थीलाई डिग्री मात्र उपलब्ध गराउने नभई दक्ष, सवल र सक्षम बनाउने उद्देश्यका साथ वर्षमा कम्तीमा २ पटक जब फेयर कार्यक्रम आयोजन गर्ने गरेको कलेजको भनाइ छ ।
बेलायतको युनिभर्सल अफ सन्डरल्यान्डबाट सम्बन्धन प्राप्त यस कलेजले बीबीए, बीएचएम, बीएस्सी आईटी, बीएस्सी (हन्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेनसिक्स र एमबीए कार्यक्रम सञ्चालन गरिरहेको छ ।
आईएसएमटी ग्रुपले युनिभर्सिटी अफ सन्डरल्यान्ड यूकेकै सम्बन्धनमा चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि आफ्ना कलेजहरू सञ्चालन गरिरहेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4