+
+

नयाँ पाठ्य संरचनाको विरुद्धमा सीफानको प्रदेशस्तरीय भेला

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १९ गते १९:५४

१९ माघ, काठमाडौं । सरकारले विद्यालय तहमा शैक्षिक सत्र २०७७ बाट नयाँ पाठ्य संरचना लागु गर्ने तयारी गरिरहँदा विभिन्न विषयका शिक्षक तथा प्राध्यापकहरुले नयाँ पाठ्य संरचनाको विरोध गरेका छन् ।

कम्प्युटर विज्ञान तथा सूचना प्रविधिसँग सम्बन्धित विभिन्न विषयहरु अध्यापनरत शिक्षक तथा प्राध्यापकहरुको संस्था कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपाल (CFAN) ले नयाँ पाठ्य संरचनाको विरुद्धमा प्रदेश स्तरीय भेलाको आयोजना गरेको छ ।

सीफानले प्रदेश ३ को चितवनस्थित नारायणगढ र प्रदेश ५ को बुटवलमा प्रदेश स्तरीय भेलाको आयोजना गर्दै सरकारले लागु गर्न लागेको नयाँ पाठ्य संरचना खारेज गराउन दबाव दिनका लागि थालिने आन्दोलनको बारेमा सुझाव संकलन अघि बढाएको सीफानका महासचिव रमेश रिमालले जानकारी दिए । ।

विद्यालय तहमा अनिवार्य विषयको रुपमा पढाउनु पर्ने सूचना प्रविधि विषयलाई घुमाउरो ढंगले हटाइएकोले उक्त निर्णय सरकारले तत्काल सच्याउनु पर्ने माग सीफानको रहेको छ ।

विश्वविद्यालय तहमा सूचना प्रविधिसँग सम्बन्धित विभिन्न कार्यक्रमहरुको पढाइ हुने तर सरकारी सेवा प्रवेशका लागि लोक सेवा आयोगबाट संचालन हुने परीक्षामा कम्प्युटर इञ्जिनियरिङ्ग बाहेक अन्य कार्यक्रमहरुबाट उत्तीर्ण विद्यार्थीहरुले  प्रतिष्पर्धा समेत गर्न नपाउने व्यवस्था गरिएको भन्दै त्यसलाई तत्काल खारेज गरी न्यायोचित व्यवस्था गर्न प्रदेश स्तरीय भेलाको माग रहेको रिमालले बताए । सूचना प्रविधि क्षेत्रको नियमन तथा प्रवर्द्धनका निम्ति सूचना प्रविधि परिषद (IT Council) गठन गर्नु पर्ने माग सीफानको रहेको रिमालले बताए ।

सरकारले नयाँ शैक्षिक सत्रदेखि लागु गर्न लागिएको नयाँ पाठ्यक्रम तत्काल नसच्याइए त्यसको विरुद्धमा आफूहरु आन्दोलित हुने उनले बताए ।

नारायणगढ र बुटवलमा आयोजित भेलालाई सीफानका केन्द्रीय अध्यक्ष प्रचन्द्र राम श्रेष्ठ, उपाध्यक्ष सत्यराम सुवाल र महासचिव रिमाल लगायतले सम्बोधन गरेका थिए।

चितवनमा आयोजित भेलाले हरिप्रसाद सापकोटाको अध्यक्षतामा सीफान चितवन जिल्ला कार्यसमिति समेत गठन गरेको छ भने बुटवलमा आयोजित भेलाले अनन्त पाण्डेको अध्यक्षतामा सीफान प्रदेश ५ र अरबिन्द दुबेको  अध्यक्षतामा सीफान रुपन्देही जिल्ला कार्य समिति पनि गठन भएको रिमालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?