Comments Add Comment

ललितपुरमा मेयर कप कराते

२१ फागुन, काठमाडौं । प्रथम ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फूलकन्ट्याक्ट कराते प्रतियोगितामा २८ जिल्लाकमा ३ सय ५० जना खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।

नेपाल बालकुमारी क्योकुसिन कराते संघको आयोजनामा भएको प्रतियोगितामा विभिन्न १० विधामा प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको खुलातर्फ शनि सुनार पहिलो, विनय सिंह दोस्रो र रविन लामा तेस्रो भए ।

पुरुषतर्फको ३० केजी तौल समूहमा सचिन पुन पहिलो, सागर थिङ दोस्रो र रमित महर्जन तेस्रो भए । ३५ केजीमा विश्वास मल्ल ठकुरी पहिलो, साहिल पुन दोस्रो र विक्रम चौधरी त‍ेस्रो भए ।

४५ केजी तौल समूहमा निजर लामा पहिलो, अनमोल मास्के दोस्रो र अनमोल मल्ल तेस्रो भए । ५० केजीमा सञ्जय राई पहिलो, प्रविन राना दोस्रो र सञ्जय गुप्ता तेस्रो भए । ६० केजीमा थमप्रसाद खड्का पहिलो, पुष्कर राउत दोस्रो र अजय चौधरी तेस्रो भए ।

महिलातर्फ ५० केजीमा संगिता तामाङ पहिलो, अनिता एसके दोस्रो र शान्ति थापा मगर तेस्रो भए । ५५ केजीमा दीपा शाही पहिलो, रञ्जिता गुरुङ दोस्रो र अमृताकुमारी सेन ठकुरी तेस्रो र महिला खुलातर्फ अम्बिका भुजेल पहिलो, अनुपा नेपाली दोस्रो र जुनकिरी श्रेष्ठ तेस्रो भए ।

नेपाल क्योकुसिन कराते संघले पहिलोपटक आयोजना गरेको प्रतियोगिताको उद्घाटन सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment