+
+

बसको ठक्करबाट ल्याब टेक्निसियनको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १ गते ८:१७

१ चैत, चितवन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको वीरेन्द्रनगर चोकमा बसको ठक्करबाट स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश नम्बर १-०१००१ ख ३४६४ नम्बरको बसले गएराति विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नम्बर ३-०३०१४ प १४४६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर पछाडि बस्ने बाराको परवानीपुर २ मुसहरी गाउँ निवासी १९ वर्षीय राजिव ठाकुरको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । मृतक ठाकुर ल्याब टेक्निसियन हुन् ।

स्कुटर चालक भरतपुर महानगरपालिका–१० का २२ वर्षीय श्रीसव देवकोटाको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?