+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

रोशीमा बाढी बढेपछि मन्दिरमा फसे शिक्षक-विद्यार्थीसहित ३२ जना

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १२ गते १०:४०

१२ असोज, काठमाडौं । सिन्धुलीको दुम्जास्थित आदिलिङ्गेश्वर कुशेश्वर महादेव मन्दिर परिसरमा गुरुकुलमा २८ विद्यार्थी र शिक्षक गरी ३२ जना फसेका छन् ।

मन्दिरको दायाँ-बायाँ रोशी खोला छिरेपछि मन्दिरमा रहेका मानिसहरू फसेको शिक्षक नारायण घिमिरे बताए । शिक्षिक घिमिरेले आफू स्वयं पनि मन्दिरमा रहेको अनलाइनखबरलाई जानकारी दिए ।

मन्दिर परिसरलाई तीनतिरबाट रोशी खोलाले कटान गरिरहेको छ भने बाँकी एकातिर सुनकोसीले कटान गरेको छ।

‘मन्दिर थोरै उचाइमा रहेकाले अहिलेसम्म बचेको छ’ शिक्षक घिमिरेले भने, ‘कतिबेला कटानमा पर्छ भनेर आतंकित भएर बसेका छौं ।’

बागमती प्रदेशसभा सदस्य गंगानारायण श्रेष्ठले फसेका गुरूकुलका विद्यार्थी र गुरु गरी ३२ जनाको उद्धारबारे जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग कुरा भइरहेको जानकारी दिएका छन् ।

‘उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा भए पनि खराब मौसमको कारण हेलिकप्टर उड्न सकेको छैन’ उनले भने, ‘सशस्त्र प्रहरी बल खुर्कोट वेस क्याम्पमा रहेका तालिम प्राप्त उद्धारकर्ताहरू उद्धारका लागि परिचालन गरिसकेको जानकारी सम्बन्धित अधिकारीहरूले दिएका छन् ।’

कुशेश्वर मन्दिरमा फसेकाहरूको उद्दारका लागि हेलिकोप्टर पठाउने प्रयास भइरहेको तर मौसमका कारण उड्न नसकेको गृहसचिव गोकर्णमणि दुवाडीले अनलाइनखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?