+
+

नेपाल उद्योग परिसंघले सरकारलाई २० हजार थान मास्क दिने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २ गते १८:५१

२ चैत, काठमाडौं । कोरोना संक्रमणको पूर्व तयारीमा सघाउन नेपाल उद्योग परिसघंले सरकारलाई २० हजार थान मास्क प्रदान गर्ने भएको छ ।

यसै साताभित्र मास्क, कोरोना परीक्षण कीट र पर्सनल प्रोटेक्सन इक्वीप्मेन्ट (पीपीपी) हस्तान्तरणको तयारी भएको परिसंघका अध्यक्ष सतिशकुमार मोरले जानकारी दिए ।

परिसंघले चीनबाट मगाएको कोरोना परीक्षण कीट तीन सय थान, पर्सनल प्रोटेक्सन इक्वीप्मेन्ट तीन सय थान र २० हजार थान मास्क सरकारलाई हस्तान्तरण गर्ने अध्यक्ष मोरले बताए ।

‘मन्त्री अथवा सचिवको रोहवरमा आवश्यक स्थानमा पु¥याउने गरी उक्त सामाग्री हस्तान्तरण गर्दै छौं’ अध्यक्ष मोरले भने ।

राष्ट्रिय संकटको बेला राज्यलाई सघाउनु परिसंघको दायित्व भएको र यसलाई अझै विस्तार गर्दै लगिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?