
६ चैत, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि सार्वजनिक कार्यक्रम धमाधम बन्द भइरहेका छन् । यसैक्रममा काठमाडौं र धनगढीमा रहेका दुई एभिएसन म्यूजियम बन्द भएका छन् ।
बिहीबारदेखि अनिश्चितकालका लागि एभिएसन म्यूजियम बन्द भएको सञ्चालक बेद उप्रेतीले जानकारी दिए । नेपाल सरकारले लिएको नीति कार्यान्वयनका लागि म्यूजियम बन्द गरिएको उनको भनाइ रहेको छ ।
सरकारले बुधबारमात्र २५ जनाभन्दा बढी एकै स्थानमा भेला नहुन सर्वसाधारणसँग आहृवान गरेको छ । साथै, अत्यावश्यक काम नपरेसम्म बाहिर ननिस्कनसमेत सरकारले सर्वसाधारणमा आग्रह गरेको छ ।
सोहीअनुसार सार्वजनिक जमघट हुने स्थानहरु क्रमशः बन्द हुन थालेका छन् । यसअघि त्रिभुवन विमानस्थलले विमानस्थल क्षेत्रभित्र अनावश्यक भिडभाड नगर्न र आवश्यक काम नपरी नआउन सर्वसाधारणसँग आहृवान गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4