+
+

कोरोनाबाट दक्षिण एसियामा १९३ को मृत्यु, ८ हजारभन्दा बढी संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २४ गते १४:१३

२४ चैत, काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट दक्षिण एसियामा एक सय ९३ मानिसको ज्यान गएको छ । जोन्स हप्किन्स विश्वविद्यालयले तयार पारेको तथ्यांक अनुसार यो क्षेत्रमा संक्रमितको संख्या पनि आठ हजार तीन सय ४४ पुगेको छ ।

दक्षिण एसियाकै सबैभन्दा ठूलो मुलुक भारत कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुक बनेको छ । अहिलेसम्म भारतमा यसबाट एक सय १८ जनाको मृत्यु भइसकेको छ । यहाँका चार हजार तीन सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

दक्षिण एसियाको दोस्रो प्रभावित पाकिस्तान हो । यहाँका तीन हजार दुई सय ७७ मानिसको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आउँदा यसबाट ५० जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसबाट बंगलादेशमा १३, अफगानिस्तानमा ७ र श्रीलंकामा ५ जनाको मृत्यु भइसकेको छ । दक्षिण एसियाका ८ वटै देशमा कोरोनाको संक्रमण देखिए पनि मृत्य भने ५ देशमा मात्रै भएको छ । ३ देश माल्दिभ्स, भुटान र नेपालमा हालसम्म कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

सार्क राष्ट्रहरू

कुल मृत्यु

कुल संक्रमित

भारत

११८ ४३१४
पाकिस्तान ५० ३२७७
बंगलादेश १३ १७७
अफगानिस्तान ३६७
श्रीलंका १७६
माल्दिभ्स १९
भुटान
नेपाल
१९३

८३४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?