
७ वैशाख, कैलाली । कर्णाली नदीमा बेपत्ता भएका एक युवकको शव आइतबार बिहान फेला परेको छ ।
नुहाउने क्रममा नदीमा बेपत्ता भएका टीकापुर नगरपालिका वडा १ का ३० वर्षका बादल ठकुल्लाको शव दुई दिनपछि प्रहरीले फेला पारेको हो ।
वैशाख ५ गते मलामी गएका बेला उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले बताए ।
नुहाउने क्रममा डुबेर बेपत्ता भएका ठकुल्लाको शव करिब १० किलोमिटर तल भेटिएको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4