+
+

ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १ गते १३:१९

१ जेठ, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १३ हजार नाघेको छ ।

ब्राजिलले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा सात सय ४९ जनाको मृत्यु भएको छ । अघिल्लो दिन ब्राजिलमा आठ सय ८१ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको थियो ।

दक्षिणी गोलार्धमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ हजार एक सय ४९ जनाको मृत्यु भइसकेको छ ।

बुधबारको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा ११ हजार तीन सय ८५ नयाँ संक्रमित भेटिएका छन् । अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ८८ हजार नौ सय ७४ पुगेको छ । संक्रमित संख्याको हिसाबमा ब्राजिल विश्वको छैठौं सबैभन्दा प्रभावित मुलुक बनेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?