
१५ असार, काठमाडौं । रुसमा एकैदिनमा थपिएका कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या दुई महिनायताकै कममा झरेको छ । सोमबार रुसले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७१९ नयाँ संक्रमित फेला परेका छन् । यो संख्या रुसको लागि गत अप्रिल २९ यताकै सबैभन्दा कम हो ।
यससँगै रुसमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ४१ हजार १५६ पुगेको छ । संक्रमितको आधारमा रुस कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुने तेस्रो मुलुक हो ।
अहिलेसम्म रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि नौ हजार १६६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र रुसमा कोरोना भाइरसको संक्रमणबाट ९३ जनाको मृत्यु भएको छ ।
स्रोत : अलजजिरा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4