
२२ असार, बुटवल । प्रदेश ५ मा सोमबार थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार साँझ ५ बजे गरेको अद्यावधिक तथ्यांक अनुसार अर्घाखाँचीका २ महिला र ३ पुरुष, पाल्पाका १ महिला र दुई पुरुष, प्युठानका १ पुरुष र नवलपरासी पश्चिमका १ महिला र २ पुरुष गरी १२ जना संक्रमित थपिएका हुन् ।
यो संगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय १ पुगेको निर्देशनालयका तथ्यांक अधिकृत मनबहादुर वलीले जानकारी दिए ।
हालसम्म कपिलवस्तुमा ७४६, दाङमा ५९८, पाल्पामा ५४१, बाँकेमा ३७२, गुल्मीमा ३४१, अर्घाखाँचीमा ३२४, रुपन्देहीमा ३१५, प्युठानमा ३२७, बर्दियामा १९२, नवलपरासी पश्चिममा १०२, रोल्पामा ५१ जना र रुकुम पूर्वमा ४ जनामा कारोना संक्रमण पुष्टी भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4