+
+

ट्रम्प प्रशासनको निर्णयविरुद्ध अदालत गए हार्वर्ड र एमआईटी विश्वविद्यालय

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २५ गते ६:२४

२५ असार, काठमाडौं । अनलाइन कक्षा लिने विदेशी विद्यार्थीहरुलाई उनीहरुकै देश फर्काउने अमेरिकी सरकारको निर्णयविरुद्ध हार्वर्ड र एमआईटी विश्वविद्यालय अदालत गएका छन् ।

अमेरिकी सरकारले इमिग्रेसनसम्बन्धी नयाँ नियम बनाएपछि विदेशका हजारौं विद्यार्थीहरुले अमेरिका छोड्नु पर्ने भएको छ । त्यसैले अमेरिकाका दुई प्रतिष्ठित विश्वविद्यालयहरुले सरकारविरुद्ध कानुनी लडाइँको बाटो रोजेका हुन् ।

ट्रम्प प्रशासनले हालै अमेरिकामा बसेर पूर्णरुपमा अनलाइनमार्फत् अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई अमेरिकामा बस्न नदिने निर्णय गरेको थियो । यस निर्णयबाट कोरोना संक्रमणको जोखिमका कारण अनलाइन कक्षा सन्चालन गर्दै आएका विश्वविद्यालयहरु र त्यसमा अध्ययनरत विद्यार्थीहरु मारमा परेका छन् । अमेरिकाका धेरैजसो विश्वविद्यालयहरुको आम्दानीको मुख्य स्रोत विदेशी विद्यार्थीहरु पनि हुन् ।

विश्वका टप विश्वविद्यालयहरु हार्वर्ड र म्यासाच्युटएस इन्सटिच्युट अफ टेक्नोलोजी (एमआईटी) ले ट्रम्प प्रशासनले ल्याएको नयाँ नियम खारेजीको माग गरेका छन् ।

हार्वर्ड विश्वविद्यालयका प्रमुख लोरेन्स बाकाउले हार्वर्ड कम्युनिटीलाई पठाएको इमेलमा लेखिएको छ, ‘हामी यस प्रकरणमा डटेर लड्ने छौं ताकि हाम्रा विद्यार्थीहरु देश निकाला हुने डरबाट मुक्त भएर आफ्नो पढाइ पूरा गर्न सकुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?