
२५ असार, गुल्मी । गुल्मीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा जिल्लाको कालीगण्डकी गाउँपालिकामा १ जना र मुसिकोट नगरपालिकामा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
जिल्लामा कोरोना संक्रमितको संख्या ३४४ पुगेको छ । २६५ जना निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
जिल्लाबाट १ हजार ७ सय ६८ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ३०३ जनाको रिर्पोट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4