Comments Add Comment

जीप दुर्घटना हुँदा रुपन्देहीमा एक जनाको मृत्यु, ४ घाइते

२८ असार, बुटवल । रुपन्देहीको रुद्रपुरमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा जीपका चालक तिलोत्तमा ११ शिवपुरका ३८ वर्षीय सुरज खड्काको मृत्यु भएको हो ।

हरैयाबाट फायरलाइनतर्फ जाँदै गरेको बा १५ च ९३८९ नम्बरको जिप अनियन्त्रित भई सडक किनारको सालको रुखमा ठोक्किँदा खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्गबहादुर खत्रीले बताए ।

जीप रुखमा ठोक्किँदा खड्कासहित पाँच जना घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा अस्पतालले खड्कालाई शनिबार राति ८ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

जीपमा सवार बुटवल १० का नवीन कुमार थापा तथा तिलोत्तमाका यमबहादुर राना, सन्दिप श्रेष्ठ र सुवास क्षेत्री घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ ।

कुलोमा डुबेर बालकको मृत्यु

यसैबीच रुपन्देहीको तिलोत्तमामा कुलोमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ । तिलोत्तमा–७ सखुईका दिपेन बस्नेतका छोराको मृत्यु भएको हो । आफ्नै घर बाहिर खेलिरहेको बेला एक्कासी कुलोमा खस्दा बालकको मृत्यु भएको प्रहरीले जनाएको ।

कुलोको पानीले बगाएर डेढ किलोमिटर टाढा पुगेका बालकको क्रिमशन अस्पताल मणिग्राममा उपचारको क्रममा शनिबार राति ८ बजे मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment