+
+

सर्लाहीमा डुबेर तीन जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ४ गते ७:२४

४ साउन, जनकपुरधाम । सर्लाहीका छुट्टाछुट्टै ठाउँमा डुबेर एक बालिकासहित तीन जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गोडैता, बागमती र हरिपूर्वा नगरपालिकामा १–१ जनाको मृत्यु भएको छ । मृत्यु हुने दुई जना मानसिक सन्तुलन ठीक नभएका व्यक्ति छन् ।

गोडैता नगरपालिका ८ बस्ने मानसिक सन्तुलन ठीक नभएका २५ वर्षीय विकाश  कुमार दासको घरबाट ५ सय मिटर दक्षिण रहेको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, बागमती नगरपालिका ६ बस्ने गोबिन्द सुवेदीकी ४२ वर्षीया श्रीमती अम्बिका काफ्लेको मानपुर शाखाको नहरमा डुबेर मृत्यु भएको छ । मानसिक सन्तुलन ठीक नभएकी उनी बागमती नगरपालिका ८ स्थित माइतमा बस्दै आएकी थिइन् ।

त्यस्तै, बलवा नगरपालिका ९ घर भई हरिपूर्वा नगरपालिका ७ बसतपुर बस्दै आएका बिकाउ ठाकुरकी ७ वर्षीया छोरी चाँदनी ठाकुरको पनि नहरमा डुबेर मृत्यु भएको छ ।

उनी हजुरआमासँगै खेतमा काम गर्न गएकी थिइन् । हजूरआमाले धान रोपिरहँदा उनी गौशाला नगरपालिका ७ ट्याक्टर बाँधस्थित सेक्टर नहरमा पानी पिउन गएकी थिइन् । सोही क्रममा त्यही नहरमा डुबेर उनको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?