+
+

भारतमा एकैदिन थपिए ४९ हजारभन्दा धेरै कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ९ गते ११:३८

९ साउन, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा भारतमा ४९ हजारभन्दा धेरै कोरोना भाइरस (कोभिड-१९) का संक्रमित फेला परेका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४९ हजार ३१० नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ लाख ८७ हजार ९४५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ७४० जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसको कारण ३० हजार ६०१ जनाको मृत्यु भएको छ ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका तीन लाख ४७ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने तामिलनाडुमा एक लाख ९२ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् । दिल्लीमा अहिलेसम्म एक लाख २७ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

अहिलेसम्म भारतमा आठ लाख १७ हजार २०९ कोरोना संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?