+
+

मायाको घर बसाउँदै प्रेमिल केकी र पुष्प

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ९ गते १८:२३

पुरुषोत्तम सुबेदी र अस्मीता अधिकारीको स्वरमा नयाँ गीत ‘मायाको घरबार’ सार्वजनिक भएको छ । डिलाईटेड नेपाल युटुब च्यानलमार्फत सार्वजनिक प्रेमिल गीत डीपी दाहाल परिश्रमीले लेखेका हुन् भने पुरुषोत्तम स्वयंमले संगीत दिएका हुन् ।

गीतमा मायाको घर बसाउन एक–अर्काले पक्का गरौं भन्ने भाव समेटिएको छ । गीतको म्युजिक भिडियोमा नायिका केकी अधिकारी र पुष्प खड्का लगायतको अभिनय गरेका छन् ।

ह्वाइट मिडियाको निर्माण संयोजन रहेको यस भिडियोमा अर्जुन तिवारीको छायाङ्कन रहेको छ भने कोरीयोग्राफी प्रबिन थापा र सम्पादन, तथा निर्देशन शक्तिप्रज्वल घिमिरेले गरेका छन् ।

भिडियो लिंक:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?