
१६ साउन, जनकपुरधाम । प्रहरीले महोत्तरीबाट स्रोत नखुलेको १९ लाख ५० हजार रुपैयाँसहित शुक्रबार २ जनालाई नियन्त्रणमा लिएको छ ।
सदरमुकाम जलेश्वर नगरपालिका २ जिरोमाइलबाट मोटसाइकलमा सवार उनीहरुलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश बिष्टले जानकारी दिए ।
पक्राउ पर्नेमा प्रदेश २–०२–००१ प ०४८८ नम्बरको मोटरसाइकलमा सवार महोत्तरीकै लोहापट्टी नगरपालिका १ बगडा बस्ने २४ वर्षीय रविन यादव र सोही ठाउँका २८ वर्षीय राम ईश्वर यादव छन् ।
जलेश्वरबाट जनकपुरधामतर्फ जाँदै गरेका उनीहरुलाई नियमित चेकजाँचमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा मोटरसाइकल चालक रविनको साथबाट रू. १००० को १६ सय ७५ वटा नोट र रू. ५०० को ५५० वटा नोट गरी रू.१९ लाख ५० हजार बरामद भएको प्रबक्ता बिष्टले बताए । उनका अनुसार दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4