
रेडियोमा आवाजको माध्यमबाट लाखौ श्रोतामाझ पुगिरहेकी संचारकर्मी राधिका कँडेलले ‘तिम्रो मुटु’ बोलको गीतको भिडियो सार्वजनिक गरेकी छिन् । केही सपना र केही रहर पुरा गर्नका लागि आफूले गीत सार्वजनिक गरेको राधिका बताउँछिन् ।
यो गीतमा राधिकाले प्रेम आशक्तिको कुरा गरेकी छिन् । गीत सार्वजनिक भएपछि गायिकाको रुपमा पनि दर्शकले राधिकालाई रुचाएका छन् ।
अश्विन अधिकारीको शब्द तथा संगीतमा तयार भएको गीतले राधिकाको सांगीतिक करिअर सुखद रहेको संकेत गरेको छ । हरि हुमागाँइको छायांकन रहेको यो गीतको भिडियोमा राधिका आफैले मोडलिङ गरेकी छिन् ।
रमेश थापाले सम्पादन गरेको यो भिडियोलाई आकर्षक बनाइएको छ । राधिकाले दर्शकले आफूलाई गायिकाको रुपमा स्विकार गरेको खण्डमा चाडै नै अर्को कोशेली सार्वजनिक गर्ने बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4