काठमाडौं । तिहारको लक्ष्मीपूजादेखि प्रदर्शन हुन लागेको फिल्म ‘एक्टर : टेक वन’का तीन नयाँ पोस्टर सार्वजनिक भएका छन् ।
पोस्टरमा मुख्य कलाकार प्रदीप खड्का, आना शर्मा, दिब्या रायमाझीलाई फिचर्ड गरिएको छ । एक पोस्टरमा प्रदीपलाई आना र दिव्याको बीचमा राखिएको छ भने अन्य दुई पोस्टरमा आना र दिव्यालाई प्रदीपसँग प्रेमभावमा प्रस्तुत गरिएको छ ।
पोस्टरले त्रिकोणात्मक प्रेमकथाको संकेत दिन्छन् । राजन भुसालले निर्देशन गरेको राजवल्लभ कोइराला, दिव्य देव लगायतको अभिनय छ । अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुतिमा फिल्म निर्माण भएको हो । निर्माता थमन भण्डारी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4