+
+
Shares

ऐन महरको प्रश्न– प्रधानमन्त्रीले बालेनतन्त्रको विकास गर्न खोज्नुभएको हो ?

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते १२:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रधानमन्त्री बालेन्द्र साहले संसद र संविधानको अवमूल्यन गरेको आरोप लगाएको छ।
  • एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री साहले लोकतन्त्रभन्दा 'बालेनतन्त्र' विकास गर्न खोजेको बताए।
  • महरले सरकार संविधानअनुसारको शासन प्रणाली अवलम्बन गरिरहेको हो कि वैकल्पिक तन्त्र विकास गरिरहेको हो भन्ने प्रश्न उठाएका छन्।

३१ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रधानमन्त्री बालेन्द्र साहले संसद र संविधानको अवमूल्यन गरेको आरोप लगाएको छ ।

प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारले लोकतान्त्रिक शासन प्रणालीभन्दा फरक अभ्यास गर्न खोजेको हो कि भन्ने प्रश्न उठेको बताए ।

उनले संविधानले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली सुनिश्चित गरेको स्मरण गराए ।

‘बजारमा एउटा कुरा छ, प्रधानमन्त्री बालेन्द्र साहले लोकतन्त्रलाई भन्दा पनि बालेनतन्त्रको विकास गर्न खोज्नुभएको हो की ? भन्ने आम जिज्ञासा बढिरहेको छ । यो किन भने उहाँले पटक पटक संसदलाई उपेक्षा गर्नुभएको छ । पटक पटक संसदको हुर्मत लिने, अपमान गर्ने काम गर्नुभएको छ,’ महरले भने ।

वर्तमान सरकारले संविधानअनुसारको शासन प्रणाली अवलम्बन गरिरहेको हो वा कुनै वैकल्पिक ‘तन्त्र’ विकास गर्न खोजेको हो ? उहाँको प्रश्न छ । प्रधानमन्त्री साहले लोकतन्त्रभन्दा ‘बालेनतन्त्र’ विकास गर्न खोजेको उनको आरोप छ ।

‘संविधानले नेपालको शासकीय स्वरुप बहुलबादमा बहुदलिय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतान्त्रत्मक संसदीय शासनप्रणाली हुनेछ भनेको छ । यहाँ एउटा प्रश्न जबरजस्त उठिरहेको छ, अहिलेको सरकारले कुन चाँही शासन प्रणालीलाई अबलम्बन गरिरहेको छ ?,’  महरले भने, ‘संविधानमा व्यवस्था भएबमोजिमको शासन व्यवस्थालाई अवलम्बन गरिरहेको हो की अरु कुनै शासन प्रणाली, अरु कुनै तन्त्र विकास गरिरहेको हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?