+
+
Shares

ऐन महरविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय उच्च अदालतद्वारा सदर

उच्च अदालत पाटनले नेकपा एमालेका सांसद ऐन महरविरुद्ध मुद्दा नचलाउने सरकारी वकिल कार्यालयनको निर्णय सदर गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १८:४३

१६ वैशाख, काठमाडौं । उच्च अदालत पाटनले नेकपा एमालेका सांसद ऐन महरविरुद्ध मुद्दा नचलाउने सरकारी वकिल कार्यालयनको निर्णय सदर गरेको छ ।

बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सोमकान्त मैनाली र केशवप्रसाद अधिकारीको संयुक्त इजलासले पीडित भनिएकी युवतीको रिट निवेदन खारेज गर्दै सरकारी वकिल कार्यालयको निर्णय सदर गरेको हो ।

एमाले सांसद महरले आफूमागि जबरजस्ती करणी र यौनशोषण गरेको दाबी गर्दै एक युवती प्रहरी र सरकारी वकिल कार्यालयसमक्ष पुगेकी थिइन् । उनी लामो समयदेखि आफूले न्याय पाउनुपर्ने भन्दै विभिन्न दबाबमूलक कार्यक्रम पनि गर्दैआएकी छन् ।

तर, उनको जाहेरीमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो । त्यसपछि ती युवती सरकारी वकिल कार्यालयको त्यो निर्णयविरुद्ध रिट निवेदन बोकेर उच्च अदालत पाटन पुगेकी थिइन् । उनले सो रिटमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र जिल्ला प्रहरी परिसर, काठमाडौंलाई विपक्षी बनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?