+
+
Shares

आवश्यक परे सांसदको लोगो फुकालेर सडकमा आउन तयार छु : महर

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ६ गते १९:००

६ वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद ऐन महरले विद्यार्थी आन्दोलनलाई कमजोर पार्ने वा प्रतिबन्ध लगाउने सरकारको कुनैपनि प्रयास सफल हुन नदिने बताएका छन् ।

आइतबार काठमाडौंमा अयाोजित एक कार्यक्रममा बोल्दै सांसद महरले विद्यार्थी आन्दोलन लोकतन्त्रको पहरेदार भएको बताए ।

साथै, उनले विद्यार्थी संगठनलाई खारेज गर्नेकुरा ‘बेतुका’ भएको टिप्पणी पनि गरे ।

वर्तमान सरकारलाई नेपालको राष्ट्रियता र स्वाधीनताप्रति कुनै माया नभएको उनको आरोप थियो ।

सरकारले ल्याएको शासकीय सुधारको बुँदा नम्बर ८६ मा विद्यार्थी संगठन खारेजीको आशय लुकेको भन्दै त्यसको भोलिपल्टै देश ठप्प पार्नुपर्नेमा विद्यार्थी नेतृत्व अझै किन मौन ? रहेको भनी उनले प्रश्न समेत गरे ।

‘यो सरकार अलोकतान्त्रिक, अराष्ट्रिय र आयातित छ । यसलाई नेपालको राष्ट्रियता र स्वाधीनताप्रति कुनै माया छैन,’ उनले भने, ‘तपाईंहरू सडक तताउनुस्, हामी सबै मोर्चाबाट साथ दिन्छौँ । आवश्यक पर्‍यो भने यो सांसदको लोगो फुकालेर तपाईंहरूसँगै सडकमा आउन म तयार छु ।’

उनले गणतन्त्र ल्याउन राजनीतिक दलभन्दा अगाडि विद्यार्थीले रगत बगाएको स्मरण गराउँदै अहिलेको व्यवस्थामा विद्यार्थी आन्दोलनलाई नै काम नलाग्ने बनाउन खोज्नु स्वीकार्य नहुने बताए ।

संविधानको धारा ३१ मा उल्लेखित शिक्षा सम्बन्धी मौलिक हक कार्यान्वयनलाई मुख्य आन्दोलनको एजेण्डा बनाउन उहाँले विद्यार्थीलाई सुझाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?