+
+

प्रदेश २ मा ५ सय बेडको आइसोलेसन थपिने

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २० गते १७:३८

२० साउन, जनकपुरधाम । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएपछि प्रदेश २ सरकारले उपचार व्यवस्थासहितको ५ सय बेडको आइसोलेसन थप्ने भएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि प्रदेश सरकारले मंगलबार सर्वपक्षीय बैठकको आयोजना गरेको थियो । बैठकमा सहभागीहरुले तत्काल आइसोलेसन बेड बढाउनुपर्ने सुझाब दिएका थिए । सोही सुझाबका आधारमा तत्कालै ५ सय बेडको आइसोलेसन निर्माण गर्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ । आवश्यक्ता भएको ठाउँको पहिचान गरी आइसोलेसन बेड थप्ने निर्णय भएको मुख्यमन्त्रीको सचवालयले जनाएको छ ।

कोरोना परीक्षणलाई तीब्रता दिन प्रादेशिक ल्याब जनकपुरधाममा आरएनए अटोमेटेड एक्सट्रयाक्सन मेसिन जडान गर्नुका साथै सीमा नाकालाई थप कडा गर्ने निर्णय पनि बैठकले गरेको सचिवालयले जनाएको छ ।

बैठकमा कोरोना नियन्त्रण सम्बन्धी हालसम्म गरिएका निर्णयहरु तत्काल कार्यान्वयन गर्न मुख्यमन्त्री लालबाबु राउतले सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।

बैठकमा मुख्यमन्त्री राउतसहित समाजिक विकास मन्त्री नवल किशोर साह, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली कांग्रेस संसदीय दलका नेता राम सरोज यादव, विज्ञ समूहका सदस्य एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, प्रदेश सांसद रामाअशिष यादव, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव अर्जुनकुमार पोखरेल, डा. राम केवल साह, जीतेन्द्रकुमार यादवसहितको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?