+
+

शिशु हत्याको अभियोगमा महिला पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १ गते २०:३५

१ भदौ, काठमाडौं । आफ्नै शिशुको हत्या अभियोगमा प्रहरीले कास्‍कीको रुपा गाउँपालिका ४ खाल्टेकि रिता मल्ल सिंहलाई पक्राउ गरेको छ ।

साउन २७ गते दिउँसो पौने ४ बजे रुपा गाउँपालिका ३ टाकान्जा भन्ने स्थानमा ईलाका प्रहरी कार्यालय हंशपुरको टोलीले भर्खरै जन्मेको शिशुको शव फेला पारेको थियो ।

त्यसपछि अनुसन्धान गर्ने क्रममा प्रहरीले साउन ३२ गते सिंहलाई पक्राउ गरेको हो ।घटनाको अनुसन्धानका लागि सिंहलाई ७ दिन थुनामा राख्ने अनुमति जिल्ला अदालत कास्कीबाट लिएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?