
७ भदौ, वीरगञ्ज । बारामा भारतबाट तस्करी गरेर ल्याएको रासायनिक मल स्थानीय प्रशासनले बरामद गरेको छ ।
आइतबार बिहान बाराको सिम्रौनगढ गाउँपालिकाको अन्तर्गतका ४ वटा सिमा नाका अनुगमनका क्रममा ९ वटा मोटरसाइकलमा तस्करी गरी ल्याउँदै गरेको ४० बोरा रासायनिक मल बरामद गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।
बरामद मल वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी छ ।
निषेधाज्ञाको समयमा पनि खुल्ला सीमानाको फाइदा उठाउँदै तस्करी जारी रहेको र मानिसहरु पनि ओहोर दोहोर गरिरहेको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारीसहितको टोली अनुगमनमा गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4