
८ भदौ, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट्ले बल्खु र कालीमाटी तरकारी बजारको भिड व्यवस्थित नगरे कारबाही गर्ने चेतावनी दिएका छन् । सोमबार बिहान कालीमाटी र बल्खु फलफूल तथा तरकारी बजारको छड्के अनुगमन गर्दै मन्त्री भट्टले यस्तो चेतावनी दिएका हुन् ।
बजारमा तरकारी तथा फलफूलको मूल्य बढेको, सामाजिक दूरी कायम नभएको तथा भिडभाड बढेको कारण भएको जोखिमबारे मन्त्रीले भट्टले स्थलगत अनुगमन गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
बिहान ५ बजे कालीमाटी बजार पुगेका मन्त्री भट्ट् त्यसपछि बल्खु बजार पुगेका थिए ।
अनुगमन क्रममा बजारमा खुद्रा व्यपारीको भिड अत्याधिक रहेको, सामाजिक दूरी पालना नगरिएको तथा मास्क नलगाई मानिसहरु आएको भेटिएको मन्त्रालयले जनाएको छ ।
बजारको अव्यवस्था देखेपछि मन्त्री भट्टले सुरक्षाकर्मीलाई सामाजिक दूरी कायम गराउन, मास्क तथा स्यानिटाईजरको प्रयोग गराउन तथा अटेरी गर्नेलाई कारबाही गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया 4