+
+

पञ्जाबी गीतमा अदितीको मोडलिङ

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १० गते १४:०२

चलचित्र ‘कृ’मा काम गरेकी नायिका अदिती वुढाथोकी दोश्रो चलचित्रको छायांकनको प्रतिक्षामा छिन् । कोभिडको संक्रमण बढेसँगै चलचित्र नगरी नै ठप्प भएपछि अदितीले काम गर्न लागेको दोश्रो नेपाली चलचित्रको छायांकन सुरु हुन नसकेको हो । चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् ।

अदिती भने यो चलचित्रको छायांकनको प्रतिक्षामा नेपालमै छिन् । मुम्बइमा रहेर मोडलिङमा व्यस्त अदितीले अभिनय गरेको एक पंजाबी गीतको भिडियो सार्वजनिक भएको छ ।

‘रुसिया लग्दानी’ बोलको गीतमा अदितीले राहुल लखनपालसँग रोमान्स गरेकी छिन् । यो गीतका गायक पनि राहुल आफै हुन् । गीतको भिडियोमा अदितीको राहुलप्रतिको प्रेमभाव देख्न सकिन्छ । अदितीले यसअगाडि पनि पंजाबी गीतको भिडियोमा काम गरेकी थिइन् ।

अदिती यो गीत सार्वजनिक भएसँगै उत्साहित छिन् । करिब २० लाख भ्यूज पाएको गीतमा अदितीको कामको पनि प्रशंसा भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?