
५ असोज, काठमाडौं । भारतको महाराष्ट्रमा एक भवन भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । महाराष्ट्रका भिवाण्डीमा रहेको तीनतले आवासीय भवनबाट थप १९ जनाको उद्धार गरिएको छ ।
भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ)ले अझै पनि उद्धाकार्य जारी रहेको बताएको छ । यो घटनामा घाइते भएका मानिसहरुको अहिले अस्पतालमा उपचार भइरहेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यो घटनामा दुःख व्यक्त गर्दै पीडितलाई आवश्यक सहयोग उपलब्ध गराइने बताएका छन् ।
भवन सोमबार बिहान पौने चार बजेतिर भत्किन गएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यो भवनमा १५० जना मानिसहरु बस्दै आएका थिए ।
स्रोत : हिन्दूस्तान टाइम्स
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4