+
+

डा. केसीको जीवनरक्षाको माग गर्दै स्वास्थ्यमन्त्रीलाई ज्ञापन पत्र

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ६ गते १४:३८

६ असोज, काठमाडौं । विभिन्न माग राखेर आमरण अनशनमा बसेका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दे स्वास्थ्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अनुपस्थितिमा राज्यमन्त्री नवराज रावतले ज्ञापन पत्र बुझेका थिए ।

‘हामी नेपाली, हाम्रो नेपाल’ नामक संस्थाले बुझाएको ज्ञापन पत्रमा डा. केसीले उठाएका माग सम्वोधन गर्न आग्रह गरिएको छ ।

उक्त संस्थाका संयोजक ज्ञानेन्द्रबहादुर शाहीका अनुसार ज्ञापनपत्र बुझ्दै राज्यमन्त्री रावतले डा. केसीका मागप्रति सरकार सकारात्मक रहेको र चाँडै सम्बोधन हुने आवश्वासन दिएका छन् ।

‘राज्यमन्त्रीज्यूले मौखिक आश्वासन दिनुभएको छ, त्यहीअनुसार व्यवहार हुने छ भन्ने आशा राखेका छौं,’ उनले भने ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल होम आइसोलेसनमा रहेकाले राज्यमन्त्रीले ज्ञापन पत्र बुझेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?