Comments Add Comment

‘दर्पण छायाँ’को ब्रान्ड जोगाउनै मुश्किल

चलचित्र ‘दर्पण छायाँ’को जस्तो लोकप्रियता पाउन अहिलेका चलचित्रलाई सहज छैन । तुलसी घिमिरे निर्देशित यो चलचित्रले व्यापारिक रुपमा तत्कालिन समयमा रेकर्ड त राख्यो नै, दर्शकको मनमा पनि बस्यो । चलचित्रको कथा, गीतसंगीत आज पनि दर्शकको मनमा ताजै छ ।

निरुता सिंह, दिलिप रायमाझी, उत्तम प्रधानले यही चलचित्रमार्फत दर्शकको मनमा सधैका लागि स्थान बनाएका छन् । यो चलचित्रको नामलाई साहारा लिदै निर्देशक घिमिरेले नै चलचित्र ‘दर्पण छायाँ २’ नबनाएका होइनन् । तर, यो चलचित्रको कथालाई आधुनिकतामा ढाल्न खोज्दा तुलसी चिप्लिए । पुष्प खड्का, सहारा कार्कीको करिअरलाई यो चलचित्रले फाइदा दिएन ।

नायिका निरुता सिंहले यो चलचित्रको सिक्वेल बनाउने तयारी भैरहेको जानकारी केही समय अगाडि पनि दिएकी थिइन् । चलचित्रको सिक्वेललाई उत्तम प्रधानले लेखिरहेका छन् ।

चलचित्र जहाँ अन्त्य भएको थियो, सोही स्थानबाट अगाडि बढाउने तयारी निरुता, दिलिप र उत्तमको छ । चलचित्रमा ‘दर्पण छायाँ’कै चर्चित तीन कलाकार हुनेछन् । तुलसी घिमिरेले यो चलचित्रको निर्देशन गर्ने बताइएको छ । ‘दर्पण छायाँ पछि’ नाम राखेर चलचित्र बनाउने तयारी गरिएको छ ।

एउटा सफल चलचित्रको ब्रान्ड जोगाउन सहज छैन । पुष्प खड्का, सहारा कार्की र श्रद्धा प्रसाँइले नजोगाएको यसको ब्रान्डको साख अब पुरानै कलाकारले जोगाउलान् त, प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment