
१८ असोज, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ६५ लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६५ लाख ४९ हजार ३७४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ७५ हजार ८२९ नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख नाघेको छ । अहिलेसम्म भारतमा कोरोनाका कारण एक लाख एक हजार ७८२ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाबाट ९४० जनाको मृत्यु भएको छ । भारत कोरोनाबाट एक लाखभन्दा धेरैको मृत्यु हुने तेस्रो मुलुक हो । अहिलेसम्म अमेरिकामा कोरोनाको कारण दुई लाख नौ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४५ हजार नाघेको छ ।
भारतमा अहिलेसम्म ५५ लाख ९ हजार ९६७ संक्रमित निको भइसकेका छन् ।
प्रतिक्रिया 4