Comments Add Comment

दोहोरो अंकले घट्यो सेयर बजार, फाइनान्स र लघुवित्त भने हरियाली

२२ असोज, काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक ११ दशमलव ३४ अंकले घटेको र १ हजार ५ सय ८९ अंकमा झरेको छ । यस अघिको कारोबारमा नेप्से परिसूचक १ हजार ६ सय अंक भन्दा माथि पुगेको थियो ।

नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम राम्रै भएको छ । दिनभर भएका १ सय ९३ कम्पनीको ४८ हजार १ सय ९९ कारोबारबाट १ करोड ११ लाख ६४ हजार ५ सय ६ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ९० करोड ५० लाख ५७ हजार ९ सय ६६ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

सेयर बजारमा कारोबार हुने ३ उपसमूह बाहेक सबै उपसमूह राताम्मे देखिएका छन् । अन्य उपसमूहरुहरु घटे पनिक फाइनान्स ३१ दशमलव ७२ अंकले बढेको छ । यसैगरै माइक्रोफाइनान्स ०.८५ अंकले र म्युचुअल फण्ड ०.०२ अंकले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment